सहुलियतको मलखाद व्यापारीका हातमा


लुम्बिनी : बीउ राख्ने बेलामा मलखादको अभाव भएको जनगुनासो बढेपछि प्रदेश नं ५ भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री आरती पौडेलले सोमबार आकस्मिक रुपमा मलखाद गोदामको निरीक्षण गरेका छन । अवलोकनपछि मन्त्री पौडेलले सहकारीले पारदर्शी ढंगले वितरण नगरेको देखिएकाले अबका दिनमा कडाइ गरिने बताए ।

मन्त्री पौडेलले कृषि सामग्री केन्द्र लिमिटेड प्रादेशिक कार्यालय भैरहवाको गोदाम तथा कार्यालयमार्फत वितरण गरिएको मलखादको तथ्यांक जाँच गर्दै भने, “ग्रामीण क्षेत्रका किसान संलग्न सहकारीले भन्दा बजारका बचत सहकारीले धेरै मलखाद लगेको देखिएको छ । यसो हुनुहुँदैन ।” सहकारीले वडाध्यक्षका सिफारिसमा बिक्री केन्द्रका नाममा मलखाद ल्याउने र बेच्ने गरेका छन् । यसबाट सहुलियतको मलखाद व्यापारीको हातमा पुगेको देखिन्छ ।

कृषि सामग्री केन्द्र लिमिटेड प्रादेशिक कार्यलयका प्रमुख अजय श्रीवास्तवले वडाध्यक्षले सिफारिस गरेका आधारमा विगतका वर्र्षदेखि नै मलखाद दिने गरिएको बताए । श्रीवास्तवका अनुसार बन्दाबन्दीका कारण भारतको बन्दरगाहमा मलखाद आएर रोकिएकाले समस्या देखिएको हो । किसानका लागि मलखादको प्रबन्ध मिलाउने जिम्मेवारी नेपाल सरकारले कृषि सामग्री केन्द्र लिमिटेड र साल्ट ट्रेडिङ लिमिटेडलाई दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

ईलाम : नेपाल–भारत मैत्री विकास सहकार्य कार्यक्रमअन्तर्गत ईलामको श्री सप्तमाई गुरुकुल संस्कृत विद्यालय निर्माणको लागि

काठमाडौं : आत्महत्या गरेको फेसबुक लाइभ सेयर नगर्न स्वास्थ तथा जनसंख्या मन्त्रालयले अनुरोध गरेको छ

काठमाडौं : नेपालमा सोमबार थप १ सय ८० जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य

काठमाडौं : नेपाल वायुसेवा निगमका तीन पाइलटसहित १४ जनामा कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ

काठमाडौं : संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रशासन सेवाका ६३ जना वरिष्ठ सहसचिवहरुलाई प्रदेश

काठमाडौं : प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका नेता गगन थापाले सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीलाई प्रवृत्ति

काठमाडौं : सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बाटै राजीनामाको दबाब बढिरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओली

जनकपुरधाम : प्रदेश नं. २ मा पछिल्लो २४ घण्टामा १ सय १५ जना व्यक्तिमा कोरोना

काठमाडौं : काठमाडौं उपत्यकामा आइतबार थप ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य

काठमाडौं– बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनाको निर्माण सम्पन्न भएको छ । आइतबार मेलम्ची आयोजनाको निर्माण सम्पन्न

काठमाडौं : नेपालमा पछिल्लो २४ घण्टामा थप २ सय ९३ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य

धनगढी : सुदूरपश्चिम प्रदेशमा थप ४५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । सेती प्रादेशिक