दोस्रो महामारी कोरोनाको बीचमा यस देशमा फैलियो, चार जनाको मृत्यु



एजेन्सी– कोरोना भाइसको महामारीका बीच कंगोमा अर्को एक भयानक रोग फैलन शुरु भएको छ । यो पटक डेमोके्रटिक रिपब्लिक अफ कंगोको पश्चिमी शहरमा यो रोगको कारण चार जनाको मृत्यु पनि भएको छ । यद्दपी दुईजना उपचाररत छन् । कंगोम फौलिएको यो रोगलाई लिएर विश्व स्वास्थ्य संगठनको प्रमुखले पुष्टि गरेका हुन् ।

इबोला महामारी कंगोको पश्चिमी भागमा अवस्थित बान्डाका शहरमा फैलिन थालेको हो । यस कारणले गर्दा यहाँ चार व्यक्तिको मृत्यु भएको छ। वर्ष २०१८ पछि, अब यो रोग देशको अर्को तर्फ पुगेको छ। पहिला, इबोलाले केवल पूर्वी क्षेत्रलाई असर गरेको थियो।

बान्डाका शहरमा ६ जना इबोलाबाट संक्रमित भएका छन् । बान्डाका एक व्यापारीक शहर हो । यो शहरमा करिब १५ लाख मानिसहरू बरोबास गर्छन् । यो शहर कंगो नदिको किनारमा अवस्थित छ।

बान्डाका शहर उत्तर किवू शहरबाट करीव १००० किलोमिटर पूर्वमा अवस्थित छ। उत्तर किवू शहर युगान्डाको सिमाना नजिक छ। यहाँसम्म इबोलाका कारण २ हजार २ सय जना मानिस मरेका छन्।

सन् १९७६ मा कंगोमा इबोलाको पहिलो संक्रमण फेला परेको थियो । त्यस पछि पछिल्लो ४४ वर्षमा इबोलाले कंगोमा ११ पटक हमला गरेको छ भने हजारौं मानिसहरूको मृत्यु भएको छ । बान्डाकामा इबोला पहिलो पटक २०१८ मा शुर भएको थियो ।

कंगोका स्वास्थ्य मन्त्री इटेनी लोगोडोले उक्त शहरमा खोप र औषधि पठाउने तयारीमा रहेको बताए । इबोला भाइरसको कारण मानिसलाई हेमोरहाजिक ज्वरो आउँछ । त्यसपछि बिरामीलाई लगातार बान्ता हुन्छ र पखाला लागछ ।

यस समयमा दादुरा र कोरोना भाइरस पनि फैलिएको छ। दादुराको करण ६ हजार र कोरोना भाइरसको कारण ७१ जनाको मृत्यु भएको छ । कोरेनाको कारण यो देशमा करिब ३ हजार जना विरामी भएका छन् ।

डब्लुएचओका महानिर्देशक टेड्रोस एड्हानोम गेब्रायसेजले कंगोमा इबोला प्रकोप भएको कुरा पुष्टि गर्दै यो अत्यन्त खतरनाक अवस्था भएको बताए ।

प्रतिक्रिया दिनुहोस्