झापामा चार लाख बिरुवा वितरण गरिँदै


झापा : डिभिजन वन कार्यालय झापाले यस वर्ष चार लाख दुई हजार बिरुवा वितरण गर्ने भएको छ । विभिन्न जातका वन बिरुवा र फलफूल गरी उक्त सङ्ख्यामा बिरुवा वितरण गर्न लागिएको डिभिजन वन कार्यालय झापाका सहायक वन अधिकृत देवेन्द्र उप्रेतीले जानकारी दिए ।

सङ्घीय सरकारअन्तर्गत दुई लाख ३० हजार र प्रदेश सरकारबाट प्राप्त एक लाख ५० हजार वन बिरुवा वितरण गर्न लागिएको हो । त्यस्तै सङ्घीय सरकारअन्तर्गत १५ हजार र प्रदेश सरकारबाट सात हजार गरी २२ हजार फलफूलको बिरुवासमेत वितरण गरिने उनले बताए ।

टिक, मसला, खमारी, मलेशियन साल, मगोहिनी, खयर, नेमारो, शिरीष, कदमलगायतका बिरुवा वितरण गरिने भएको हो । “स्थानीय जातका बोटबिरुवा पनि वितरण गर्ने सोच बनाएका छौँ”, उनले भने, “यसबाट वन पैदावारको आपूर्तिसँगै स्थानीय जातका बोटविरुवाको पनि संरक्षण हुनेछ ।”

कार्यालयले असार १५ गतेपछि बिरुवा वितरण गर्ने योजना बनाएको छ । कार्यालयको सुरुङ्गा, भद्रपुर, पाठामारीलगायतका स्थानमा रहेका नर्सरीमा बिरुवा उत्पादन भइसकेको छ भने फलफूलका बिरुवा बोलपत्रमार्फत खरिद गर्ने गरी प्रक्रिया अघि बढाइएको छ । “बोलपत्र परिसकेको छ”, उनले भने, “लकडाउनका कारण केही ढिलाइ भएको हो ।”

कार्यालयले यस वर्ष २० हेक्टर क्षेत्रफलमा वृक्षरोपण गर्ने भएको छ । त्यस्तै नदी उकास क्षेत्रको २० हेक्टर क्षेत्रफलमा बिरुवा छरिने कार्यालयले जनाएको छ । कार्यालयले आर्थिक वर्ष २०७१÷७२ मा सात लाख, आव २०७२÷७३ मा आठ लाख ५० हजार, आव २०७४÷७५ मा नौ लाख ५० र आव २०७५÷७६ मा तीन लाख ४५ हजार बिरुवा वितरण गरेको थियो ।

खाली पर्ती जग्गामा बिरुवा लगाउँदा राम्रो आम्दानी लिन सकिने भएपछि बिरुवाको माग बढ्दै गएको छ । वन कार्यालयले बिरुवाका लागि निवेदन दिन आउनेलाई १५ र ठूलो क्षेत्रफलमा रुख लगाउने मागपत्र लिएर आउनेलाई आवश्कतानुसार बिरुवा उपलब्ध गराउँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

ईलाम : नेपाल–भारत मैत्री विकास सहकार्य कार्यक्रमअन्तर्गत ईलामको श्री सप्तमाई गुरुकुल संस्कृत विद्यालय निर्माणको लागि

काठमाडौं : आत्महत्या गरेको फेसबुक लाइभ सेयर नगर्न स्वास्थ तथा जनसंख्या मन्त्रालयले अनुरोध गरेको छ

काठमाडौं : नेपालमा सोमबार थप १ सय ८० जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य

काठमाडौं : नेपाल वायुसेवा निगमका तीन पाइलटसहित १४ जनामा कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ

काठमाडौं : संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रशासन सेवाका ६३ जना वरिष्ठ सहसचिवहरुलाई प्रदेश

काठमाडौं : प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका नेता गगन थापाले सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीलाई प्रवृत्ति

काठमाडौं : सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बाटै राजीनामाको दबाब बढिरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओली

जनकपुरधाम : प्रदेश नं. २ मा पछिल्लो २४ घण्टामा १ सय १५ जना व्यक्तिमा कोरोना

काठमाडौं : काठमाडौं उपत्यकामा आइतबार थप ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य

काठमाडौं– बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनाको निर्माण सम्पन्न भएको छ । आइतबार मेलम्ची आयोजनाको निर्माण सम्पन्न

काठमाडौं : नेपालमा पछिल्लो २४ घण्टामा थप २ सय ९३ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य

धनगढी : सुदूरपश्चिम प्रदेशमा थप ४५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । सेती प्रादेशिक