भारतसँगको सन्धि–सम्झौता खारेज गर्न नेकपा प्रवक्ता श्रेष्ठको माग



काठमाडौं : सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले भारतसँगको सन्धि–सम्झौता खारेज गर्न माग गरेका छन् ।

मंगलबार बसेको राष्ट्रियसभा बैठकमा बोल्दै नेकपा प्रवक्ता श्रेष्ठले सो माग गरेका हुन् ।

श्रेष्ठले सन् १९५० को सन्धिलाई पुनरावलोकन गर्नुपर्नेमा जोड दिए । सन्धि–सम्झौताबारे सहमति जुटेको इपिजी प्रतिवदेन भारतले छिटोभन्दा छिटो बुझ्नुपर्ने बताए ।

पूर्व परराष्ट्रमन्त्री समेत रहेका नेता श्रेष्ठले नेपाल सीमा समस्या वार्ताकै माध्यमबाट समाधान गर्न तयार रहेको बताए । ऐतिहासिक तथ्य र प्रमाणको आधारमा समस्या समाधान गर्न सकिने उनको भनाइ छ ।

कूटनीतिक संवादका निम्ति भारत छिटो तयार हुनुपर्नेमा जोड दिँदै भारतलाई वार्तामा आउन समेत आह्वान गरे ।

दुवै पक्षले अनावश्यक आक्रोश, आवेश वा उत्तेजनामा आउने काम गर्न नहुने बताउँदै उनले नेपालबारे भारतीय सेना प्रमुख र पूर्व सचिवको भनाइ खेदजनक रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्