दुर्घटनामा घाइते सांसद वलीको मृत्यु 



काठमाडौं: प्रदेश नम्बर ५ का सांसद उत्तरकुमार वलीको मृत्यु भएको छ। सवारी दुर्घटनामा परी गम्भीर घाइते भएका वलीको उपचारका क्रममा आज बिहान मृत्यु भएको हो। वली नेकपाबाट उम्मेदवार भइ दाङ क्षेत्र नम्बर ३ ‘ख’बाट निर्वाचित प्रदेश सभा सदस्य हुन्।

गत माघ २४ गते दाङमा भएको सवारी दुर्घटनामा उनी गम्भीर घाइते भएका थिए। उपचारका क्रममा काठमाडौंस्थित ग्रान्डी अस्पतालमा बिहान ३ बजे उनको निधन भएको हो । 

प्रतिक्रिया दिनुहोस्