केशव र बेनुकाको नयाँ गीतमा बले र सायसा फिचर्ड (भिडियो)



काठमाडौं : केशव भावुक र बेनुका राईको स्वरमा नयाँ गीत ‘एक चिलिम’ सार्वजनिक भएको छ । गीतमा शब्द र संगीत केशव भाबुककै तथा संगीत संयोजन विनय केटुको रहेको छ । गीतको भिडियोमा कलाकार सगर लम्साल बले र सायसा फिचर्ड छन् ।

गीतको भिडियोमा बिज्ञान राईको सम्पादन र निर्देशन, गोबिन्द गुरुङको निर्माण तथा राम केसीको छायांकन रहेको छ । गीतको भिडियो मार्फत माया प्रेममा परेका जोडीको वैँशालु चुलबुले पनालाई प्रस्तुत गर्न खोजिएको छ ।

प्रतिक्रिया दिनुहोस्