इटालियन सिरी ‘ए’ को खेल तालिका सार्वजनिक



एजेन्सी : इटालियन सिरी ‘ए’ फुटबलको नयाँ खेल तालिका सार्वजनिक भएको छ । कोरोना भाईरसको कारण स्थगित खेल जुन २० बाट सुचारु हुने भएसँगै लिगको खेल तालिका सार्वजनिक गरेको हो ।

इटालियन फुटबल फेडेरेसनले गरेको खेल तालिका अनुसार जुन २० मा दुई खेल हुनेछ । जसमा पर्माले काग्लियारी तथा एट्लान्टाले सासुलोसँग खेल्नेछ ।

यस्तै जुन २१ मा इन्टर मिलानले साम्पोडोरियासँग खेल्नेछ । लिग लिडर युभेन्ट्सले जुन २२ मा बोलोग्नासँग खेल्नेछ । त्यहिँ दिन एसी मिलानले लिसी र फियोरेन्टिनाले ब्रेसियासँग खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस्