प्रहरी चौकी अर्घातोषको नवनिर्मित भवन उद्‍घाटन



अर्घाखाँची : छत्रदेव गाउँपालिका-८ अर्घातोष हटिया बजारस्थित प्रहरी चौकी अर्घातोषको नवनिर्मित भवन उद्‍घाटन गरिएको छ।

छत्रदेव गाउँपालिकाका अध्यक्ष लेखनाथ पोखरेल, सोही गाउँपालिका वडा नम्बर-८ का वडाध्यक्ष राज कुमार श्रेष्ठ र जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख प्रहरी नायव उपरीक्षक प्रकाश बिष्ट समेतको उपस्थितिमा उक्त नवनिर्मित भवन उद्‍घाटन गरिएको हो।

समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत जिल्ला प्रहरी कार्यालयको सक्रियता एवं समन्वयमा छत्रदेव गाउँपालिका, मालारानी गाउँपालिका वडा नम्बर १ र २ को नगद सहयोग र जन श्रमदान तथा प्रहरी श्रमदान सहयोगमा उक्त भवन निर्माण गरिएको हो।

कुल २४ लाख १६ हजार रुपैयाँको लागतमा उक्त ६ कोठे ट्रस मोडलको भवन निर्माण भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्