पहिले आफ्नो सोच बदलौ अनि समाज आफैँ बदलिन्छ



काठमाडौं : अन्तरजाति प्रेम गरेका कारण जाजरकोटका २० वर्षीय दलितयुवा नवराज विक र उनका पाँच साथीको हत्या भएको छ । यो विषयलाई लिएर यतिबेला सामाजिक सञ्जालहरु तातिएको छ । दलित भएका कारण मारिएका ती युवाप्रति दुःख व्यक्त गर्दै सर्वसाधारण तथा आफन्ताले हत्यारा पहिचान गरि कडा सजाय दिन सरकारसँग माग गरिरहेका छन् । यस विषयमा नेपाली कलाकर्मीहरुले पनि खुलेर आफ्ना अभिव्यक्तिहरु राखिरहेका छन् ।

त्यस्तै अभिनेत्री वर्षा शिवाकोटीले पनि सामाजिक सञ्जालमा भिडियो शेयर गर्दै आफ्ना अभिव्यक्तिहरु राखेकी छन् । उनी भन्छिन्–‘मानिस ठुलो दिलले हुन्छ जातले हुदैन भन्ने भाव शब्दमा मात्र सिमित भएको छ । पहिले आफ्नो सोच बदलौ, अनि समाज आफैँ बदलिन्छ । जातिय विभेदको अन्त्य जरुरी छ । ’ साथै अहिलेको समयमा आएर समेत जातीय विभेदको कारण ज्यान गुमाउनु दुखद भएको भन्दै उनले दोषीलाई कडा सजाय दिनुपर्ने बताएकी छन् ।

प्रतिक्रिया दिनुहोस्