आज प्रदेश २ मा थपिए १२० कोरोना संक्रमित



जनकपुरधामः प्रदेश २ मा पछिल्लो २४ घण्टामा १ सय २० जना कोरोना संक्रमित भेटिएका छन् ।

आज (मंगलबार) १ सय २० जनाको पीसीआर रिपोर्ट पोजिटिभ आएको प्रदेश २ को स्वास्थ्य निर्देशनालयका बरिष्ट अधिकृत विजय झाले जानकारी दिएका छन् ।

उनका अनुसार रौतहटका मात्रै ७४ जना नयाँ संक्रमित छन् । यससँगै प्रदेश २ मा कोरोना संक्रमितको संख्या ८ सय १५ पुगेको छ । उनले कुन जिल्लाका कति संक्रमित छन् भन्ने छुट्याउने काम भइरहेको बताए ।

प्रतिक्रिया दिनुहोस्