जर्मन बुन्डेसलिगा : लाइपेजिग तेस्रो स्थानमा



एजेन्सी : जर्मन बुन्डेस लिगामा आरबी लाईपेजिगले कोल्नलाई पराजित गर्दै जित हात पारेको छ। आईतबार भएको खेलमा लाईपेजिगले कोल्नलाई ४–२ गोल अन्तरले पराजित गरेको हो।

घरेलु टोली कोल्नबिरुद्ध जित निकाल्दै लाईपेजिग बुन्डेसलिगाको तेस्रो स्थानमा उक्लिएको छ ।जितसंगै लाईपेजिगले दोस्रो स्थानको बोरुसिया डर्टमण्डबिरुद्ध दबाब बढाएको छ । डर्टमण्डको ६० अंक हुदाँ लाईपेजिगको ५८ अंक छ ।

कोल्न ३४ अंक सहित तालिकाको ११ औं स्थानमा छ ।

Timo Werner finishes past Timo Horn to score RB Leipzig's third goal of the game
प्रतिक्रिया दिनुहोस्