डाक्टर गोविन्द केसी १८औं पटक अनशनमा, यस्ता छन् माग



काठमाडौं– डा. गोविन्द केसीले १८औँ अनशन आज मंगलबारबाट शुरु गरेका छन् । तीनबुँदे माग राख्दै जेठ २० र २१ गते (दुईदिने) दार्चुला सदरमुकाम खलंगामा अनशन सुरु गरेका हुन् ।

उनले यस पटकको अनशनमा सीमाञ्चलका नागरिकहरुको समृद्धि, नेपालको सार्वभौम सत्ताको रक्षा तथा गुणस्तरीय शिक्षा र स्वास्थ्यमा सबैको पहुँचका हुनुपर्ने माग राखेका छन् ।

दार्चुला तथा अन्य सीमा क्षेत्रका लगायत देशभरीका बासिन्दाका लागि यातायातको सहज पहुँच निर्माण गर्नुका साथै गुणस्तरीय स्वास्थ्य, शिक्षा र रोजगारीको व्यवस्था गरियोस् भन्ने सत्याग्रहको माग रहेको विज्ञप्तीमा भनिएको छ ।

त्यसैगरि भारतबाट मिचिएको नेपाली भुमि फिर्ता गर्ने प्रक्रिया तत्काल शुरु गरियोस् र गण्डकी प्रदेशलगायत डडेल्धुरा, बर्दिवास, उदयपुर, इलाम लगायतका ठाउँमा सरकारी मेडिकल कलेज खोल्ने प्रक्रिया द्रुत गतिमा अघि बढाइयोस्, गेटा मेडिकल कलेजलाई शीघ्र सञ्चालनमा ल्याइयोस् तथा कर्णाली र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शीघ्र एमबीबीएस कार्यक्रम सञ्चालनको व्यवस्था गरिनुपर्ने र साथै विगतका सत्याग्रहका मागहरू पुरा गर्न र अगाडि भएका सबै सम्झौता कार्यान्वयन गरिनुपर्ने उनका अन्य मागहरू रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्