लकडाउन थप भएसँगै सवारी पास नविकरण गर्न नपर्ने, यसअघिकै पासलाई मान्यता दिने



काठमाडौं : सरकारले लकडाउन थप गरेपनि यसअघिका पासलाई मान्यता दिने भएको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौंले आज एक सूचना जारी गर्दै लकडाउन थप गरेपनि यसअघिका पासलाई नै मान्यता दिने जनाएको हो।

अब २० गतेसम्मका लागि जारी भएका निलो रंगका पासले नै आवतजावत गर्न सकिने ज प्रशासकीय अधिकृत मानबहादुर बुढाले बताए ।

अब सवारी पास आवश्यक पर्नेले जिल्ला प्रशासनको इमेल वा फेसबुकमा प्रमाण खुल्ने कागजात पठाउनु पर्नेछ ।

प्रतिक्रिया दिनुहोस्