फ्लोयड हत्या प्रकरणमा लिभरपुलका खेलाडीको विरोध



एजेन्सी : इंग्लिस क्लब लिभरपुलका खेलाडीहरूले अमेरिकी नागरिक जर्ज फ्लोयड हत्या प्रकरणमा विरोध जनाएका छन् ।एनफिल्डको मध्ये भागमा गोलो घेरा बनाएर घुँडा टेकेर खेलाडीले विरोध जनाएका छन् ।

लिभरपुलका खेलाडीले फ्लोयडले न्याय पाउनुपर्ने भन्दै विरोध जनाएका हुन् । अमेरिकाको मिनियापोलिस शहरमा गत सोमबार प्रहरीको नियन्त्रणमा रहेको बेला फ्लोयडको मृत्यु भएको थियो ।

प्रहरी अधिकारीले भुइमा लडेका ४६ वर्षीय फ्लोयडको घाँटीमा घुँडाले ९ मिनेटसम्म थिचेपछि मृत्यु भएको थियो । काला जातिका पुरूषलाई प्रहरी अधिकारीले घाँटी थिचेर मारेको भन्दै अहिले अमेरिकामा आन्दोलन चर्किएको छ ।

Image may contain: one or more people, people playing sports and stadium
प्रतिक्रिया दिनुहोस्