काठमाडौं– प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले संविधान संशोधन विधेयक दर्ता गर्ने भएको छ।
प्रधानमन्त्री शेरवहादुर देउवाको पालामा दर्ता भई अस्वीकृत भएको संशोधन पुनः दर्ता गर्न लागिएका हो ।
केन्द्रीय समितिको निर्देशनअनुसार विधेयक दर्ता गर्न लागिएको बताइएको छ ।
संशोधन विधेयक दर्ताका लागि कांग्रेस सांसद अमरेशकुमार सिंहल लगायतका सांसद अपरान्ह संघीय संसद् सचिवालय पुगेका छन्।
यसअघि समाजवादी पार्टी र राजपाले सोमबार मात्रै संसद् सचिवालयमा संविधान संशोधन विधेयक दर्ता गरेका थिए ।