कर्णाली प्रदेशमा थप २९ जनामा कोरोना संक्रमण



वीरेन्द्रनगर : कर्णाली प्रदेशमा मंगलबार थप २९ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ ।
मंगलबार सुर्खेतस्थित प्रदेश अस्पताल र पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा गरिको परीक्षणको रिपोर्टमा सुर्खेतका ११, सल्यानका ९ र अछामा ९ जनामा कोरोना संक्रमण देखिएको हो ।

योसँगै कर्णालीमा संक्रमितको संख्या २ सय ६२ पुगेको छ । संक्रमितहरु १४ देखि ५० वर्ष उमेर समूहका रहेका छन् । जसमध्ये २७ जना पुरुष र २ जना महिला रहेका छन् ।

यसअघि सोमबार मात्रै कर्णालीका विभिन्न जिल्लामा ६७ जना संक्रमित थपिएका थिए स्वास्थ्य मन्त्रालयका अनुसार सोमबार साँझसम्म कर्णालीका विभिन्न क्वारेन्टाइनमा २२ हजार ४ सय ७४ जना रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्