पाल्पाको मिसन अस्पतालको आइसोलेसनमा एक पुरुषको मृत्यु



पाल्पा : पाल्पाको तानसेनस्थित युनाइटेड मिसन अस्पतालको आइसोलेसनमा मंगलबार एक पुरुषको मृत्यु भएको छ ।

अस्पताल आइसोलेसनमा उपचारका क्रममा पूर्वखोला गाउँपालिका १ सिलुवाका ४६ वर्षीय रामबहादुर दिशा मृत्यु भएको हो ।

उनको स्वाब परीक्षणको रिर्पोट नआएकाले मृत्युको कारण एकिन भएको छैन ।

मिसन अस्पतालका प्रशासकीय प्रमुख जीवन भट्टराईका अनुसार मृतक दिशा मगरमा श्वासप्रश्वासम्बन्धी समस्या र सुख्खा खोकी लाग्ने जस्ता कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएको छ ।

मृतक दिशा मगर पूर्वखोला गाउँपालिका १ सिलुवा घर भई २ जल्पाको शम्भु मावीको क्वारेन्टाइनमा बस्दै आएका थिए । दिशाको स्वास्थ्य अवस्था बिग्रिदै गएपछि सोमबार मात्र मिसन अस्पतालको आइसोलेसनमा भर्ना गरिएको थियो ।

भारतको मुम्बईबाट गाउँ आएका दिशा १८ गते क्वारेन्टाइनमा पुगेका थिए । मृतक दिशा मगरको सोमबार नै स्वाब संकलन गरी परीक्षणका लागि भैरहवा जनस्वास्थ्य प्रयोगशालामा पठाएको र मृत्युपछि पनि पुन स्वाब संकलन गरी परीक्षणका लागि पठाएको जिल्ला स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्