काठमाडौं मेडिकल कलेजमा कार्यरत चार स्वास्थ्यकर्मीमा कोरोना पुष्टि



काठमाडौं : काठमाडौं मेडिकल कलेजमा कार्यरत ४ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले मंगलबारको नियमित प्रेस ब्रिफिङमा सो जानकारी दिएका हुन् ।

उनीहरुमध्ये २४ देखि ३२ वर्ष उमेरसम्मका ३ महिला र २८ वर्ष उमेरका एक जना पुरुष रहेको देवकोटाले जानकारी दिए ।

उनले उनीहरु सबै स्वास्थयकर्मी रहेको जानकारी आएको पनि बताए ।

प्रतिक्रिया दिनुहोस्