थप ४५ जना कोरोना संक्रमणमुक्त, कुन प्रदेशमा कति?



काठमाडौं : आज थप ४५ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन्। देशका विभिन्न स्थानमा उपचार गराइरहेका उनीहरु संक्रमणमुक्त भएर घर फर्किएका हुन्।

पछिल्लो समय ४५ जना निको भएर घर फर्किएसँगै निको हुनेको संख्या २ सय ६६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले बताए ।

यी मध्ये १ सय ७२ जना पुरुष छन् भने ४८ जना महिला रहेका छन्।

कुन प्रदेशमा कति?

प्रदेश १ मा- ४८
प्रदेश २ मा- १०४
बागमती प्रदेशमा- ३०
गण्डकीमा- ३
प्रदेश ५ मा- ७४

सदुरपश्चिम प्रदेशमा- ७

कर्णालीमा भने हालसम्म निको भएर फर्किएका छैनन्।

प्रतिक्रिया दिनुहोस्