६१ बोरा मेघाश्रीसहित एक जना पक्राउ



धनगढीः कैलालीमा ६१ बोरा मेघाश्री (सुर्तीजन्य पदार्थ) सहित एक जना पक्राउ परेका छन् ।

ईलाका प्रहरी कार्यालय मालाखेतीले ६१ बोरा मेघाश्रीसहित कम्पनीका सेल्समेन धर्मराज बोहोरालाई पक्राउ गरेको हो ।

लकडाउनको समयमा अत्तरिया-धनगढी ६ लेन सडक अन्तरगत गेटामा मेघाश्री बिक्री वितरण गरिरहेको अवस्थामा ६१ बोरा मेघाश्री सहित कम्पनीका बोहोरालाई पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख ज्ञान बहादुर बिष्टले बताए ।

लकडाउनको समयमा सुर्तीजन्य पदार्थ विक्रि वितरण र ओसार-पसारमा रोक लगाईएको भएपनि लुकिछिपि कारोवार भईरहेको सूचनाका आधारमा पक्राउ गरिएको उनले बताए । मेघाश्रीसहित पक्राउ परेका व्यक्तिमाथि अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्