प्यूठानमा पहिलो पटक कोरोना संक्रमित व्यक्ति



प्यूठान : प्यूठानमा पहिलो पटक कोरोना संक्रमित व्यक्ति फेला परेको छ ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा गरिएको परीक्षणमा स्वर्गद्वारी नगरपालिकाका एकजनामा कोरोना पुष्टि भएको हो ।

अम्मर क्याम्पस भिगृको क्वारेन्टाइनमा बसेका वडा नम्बर ४ का ५९ वर्षीय पुरुषमा कोरोना संक्रमण भएको हो ।

प्रतिष्ठानका अनुसार मंगलबार प्यूठानका सहित प्रदेश ५ मा ९ जनामा कोरोना देखिएको छ । पुष्टि भएकामध्ये बंगलाचुली गाउँपालिकाका ६ र राप्ती गाउँपालिका दाङका २ जना रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्