प्युठान र पर्वतमा पहिलो पटक कोरोना पुष्टि, कति जिल्लामा फैलियो कोरोना?



काठमाडौं : नेपालका ७७ जिल्लामध्ये ६१ जिल्लामा कोरोना भाइरस फैलिएको छ । आजसम्म ६१ जिल्लामा कोरोना भाइरस संक्रमित मानिस भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

आज थप २ जिल्लामा कोरोना संक्रमण पुष्टि भएको छ । प्युठान र पर्वत जिल्लामा नयाँ कोरोना संक्रमित फेला परेको मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले बताए।

प्युठानमा एक जनामा कोरोना संक्रमण भेटिएको हो भने पर्वतका ५ जनामा कोरोना संक्रमण भेटिएको हो। हालसम्म देशभर संक्रमितको संख्या २ हजार ९९ पुगेको छ। मृत्यु हुनेको संख्या ८ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

कुन प्रदेशमा कति संक्रमित?

प्रदेश १ का ९ जिल्लामा- १६८
प्रदेश २ का सबै आठै जिल्लामा- ८१६
बागमती प्रदेशका १२ जिल्लामा- ५४
गण्डकी प्रदेशका ७ जिल्लामा- ३७
प्रदेश ५ का ११ जिल्लामा- ६९९
कर्णाली प्रदेशका ५ जिल्लामा- २५२
सुदुर पश्चिमका ९ जिल्लामा- ७३

प्रतिक्रिया दिनुहोस्