पुटिन र नेतान्याहुबीच टेलिफोन संवाद



एजेन्सी : इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहु र रुसका राष्ट्रपति भ्लादिमिर पुटिनबीच बिहीबार कुराकानी भएको छ ।

रुसको राजधानी मस्कोमा हुने भनिएको दुई नेताको बैठक स्थगित भएको एक दिनपछि उनीहरु बीचमा टेलिफोन कुराकानी भएको हो ।

‘दुवैजनाउहाँहरुले निकट भविश्यमा आफुहरुको भेटवार्ता रुसमै गर्ने सहमति गर्नुभएको छ’, इजरायलको सरकारी निकायद्वारा जारी वक्तव्यमा उल्लेख गरिएको छ ।

दुवै जनाबीचमा क्षेत्रीय र आपसी हितका दुई पक्षीय विषयमा भेटवार्ता हुने कार्यक्रम रहेको अधिकारीहरुले जनाएका छन् । 

प्रतिक्रिया दिनुहोस्