चेल्सी, आर्सनल र भ्यालेन्सिया युरोपा लिगको अन्तिम १६ मा



एजेन्सी: युइएफए युरोपा लिगमा इंग्लिस क्लबहरु चेल्सी र आर्सनल अन्तिम १६ मा प्रवेश गरेका छन्। चेल्सीले बिहीबार राति भएको दोस्रो लेगमा स्विडिस क्लब माल्मो एफएफलाई ३–० ले हरायो। चेल्सीका लागि ओलिभर जिरुडले ५५, बार्क्लेले ७४ र हुडुन ओडीइले ८४ मिनेटमा गोल गरेका थिए। माल्मोका बेन्टसन ७३ मिनेटमा दोस्रो पहेँलो कार्ड पाउँदै मैदान छाड्न बाध्य भएका थिए। 

यसअघि पहिलो लेगमा २–१ को जित निकालेको चेल्सी समग्रमा ५–१ को नतिजासहित अन्तिम १६ मा पुगेको हो। अर्को इंग्लिस क्लब आर्सनलले बेलारुसियन क्लब बाटे बारिसोभलाई दोस्रो लेगमा ३–० ले हरायो। पहिलो लेगमा १–० ले हारेको आर्सनल समग्रमा ३–१ को नतिजासहित अन्तिम १६ मा पुग्यो। 

यता स्पेनिस क्लब भ्यालेन्सियाले स्कटिस क्लब सेल्टीकलाई समग्रमा ३–० ले हराएर अन्तिम १६ मा स्थान बनाएको छ। इटालियन क्लब नोपालीले स्विस क्लब जुरिचमाथि २–१ को नतिजासहित अघिल्लो चरणमा स्थान पक्का गरेको छ।

प्रतिक्रिया दिनुहोस्