लकडाउन तथा नाकाबन्दीमा पनि वीरगन्ज भंसार क्षेत्रमा तस्करी



वीरगन्जः कोरोना भाइरस (कोभिड-१९) को संक्रमण रोकथाम तथा नियन्त्रण गर्न सरकारले भारत तथा चीन पर्ने सिमा नाका पूर्ण रुपमा शिल गरेको छ ।

केहि दिन अगाडी देखि मात्र सरकारले तोकेको सिमामा आफनो नागरिकलाई प्रवेश गर्न बाहेक अन्य सवै सिमानाका सिल नै राखेको छ ।

देशको प्रमुख नाका एवं वीरगन्ज भंसार सुरक्षाको लागि खटेका सशस्त्र प्रहरीले नै लकडाउन तथा नाकाबन्दीकै मौका उठाउँदै व्यापक रुपमा तस्करी गराएको खुलेको छ । लकडाउनमा सबैको ध्यान केन्द्रित भएकै बेला सशस्त्र प्रहरीले तस्करीको लाईन संचालन गरिएको पाईएको छ ।

लकडाउनले काम गर्न नपाएपछि दुई छाप टार्न स्थानियलाई धौ धौ परिरहेको बेला केहि तस्करहरुले सशस्त्र प्रहरीलाई आफनो प्रभावमा पारेर व्यापक रुपमा मदिरा, कपडा तथा छोहडाको तस्करी गराईरहेको खुलेको हो ।

भारतको बिहार राज्यमा बिहार सरकारले मदिरा विक्री वितरणमा पूर्ण रुपले प्रतिबन्ध लगाईएको छ । त्यहाको जनताले नेपालकै मदिरा प्रति निर्भर रहेका छन । दुवै सिमा क्षेत्रका तस्करहरुले तस्करी मार्फत ओसारेको मदिरा चर्को मुल्यमा खरीद विक्री हुने गरेकोले बढी मुनाफा भएपछि यसको तस्करीमा बढेको हो ।

वीरगन्ज भंसार कार्यालयको सुरक्षा तथा राजश्व चुहावट नियन्त्रणका लागि खटेका सशस्त्र प्रहरीले अहिले आफनो नाकाको चोरबाटो बाट तस्करीको लाईन संचालन गरेको स्थानियले आरोप लगाएका छन ।

सिमावर्ती शहर भारतको बिहारको रक्सौलका नागरिक लैला नाम गरेकी एक महिला, असलम मियाँ, रक्सौल प्रेम टोलकै राजेश पटेल, कृष्ण र रिषभ नामका तस्करहरुले सशस्त्र प्रहरी नायब उपरिक्षक अमर बहादुर खत्रीलाई आफनो आर्थिक प्रभावमा पारेर मदिरा, लत्ताकपडा तथा छोकडाको तस्करी गराईरहेको आरोप लागेको छ ।

सशस्त्र प्रहरी बेस क्याम्प वीरगन्ज भंसार कार्यालय भित्र राखिएको छ, श्रोत अनुसार राती बजेपछि भंसारको पूर्वपट्टीको बाटो भएर भरीया मार्फत नेपालमा पाईने विभिन्न कम्पनीका मदिरा तथा छोहडा भारत तर्फ निकासी गराईरहेका छन । राती कसैले देख्न नसक्ने भएकोले सवैजना सुतिसकेपछि रातमै तस्करीको लाईन संचालन गर्ने गरेको श्रोतको दावी छ ।

सशस्त्र प्रहरी नायब उपरिक्षक खत्रीलाई एक रात लाईन दिने बापत चालिस हजार रुपैया बुझाउँने गरेको श्रोतले जनाएको छ । गस्तीमा खटेका सशस्त्र प्रहरीको निगरानीमै तस्करहरुले भरीया बोकाएर सिमापारी नेपालबाट मदिरा ओसार्ने गरेका छन भने, भारतबाट कपडा तथा खाद्यन्न समाग्रीहरु भित्रियाउँने गरेको बुझिएको छ ।

प्रहरीकै मिलोमतोमा रातीको समयमा खाद्यन्न बोकेको गाडीमा मदिरा तथा छोहडा ओसार्न लगाई भंसार गेटको उत्तर पूर्वपट्टी रहेको गाउँमा स्टोर गरी राती १२ बजेपछि कोही नभएको बेला सशस्त्र प्रहरीकै निगरानीमा भारत तर्फ तस्करी हुने गरेको छ ।

त्यसैगरी बाराको बलिरामपुरका किशोरी नाम गरेको व्यक्तिका दुई छोरा संग मिलेर सिमापारी अहिरवा टोलाका दिलिप र मनोज भन्ने तस्कर संगको मिलोमतोमा व्यापक रुपमा कपडाको तस्करी गराईरहेको श्रोतले जनाएको छ ।

नेपाल तर्फका सशस्त्र प्रहरीलाई पैसा बुझाएपछि अवैध समान ओसार पोसार गर्न दिनेलाई लाईन मिलाउँने भनिन्छ र त्यो काम नेपाली तस्करले गर्ने गरेको छन, उता सिमापारी भारत तर्फको लाईन मिलाउँने काम भारतीय तस्करहरुले गर्ने गरेको श्रोतले दावी गरेको छ ।

कपडा तस्करले सशस्त्र प्रहरी नायब उपरिक्षक खत्रीलाई र बाराको बलिरामपुरमा रहेको सशस्त्र प्रहरी बेस क्याम्पलाई तस्करीबापत रकम बुझाएपछि मात्र लाईन पाउँने गरेका छन । उनीहरुले तस्करबाट उठाएको रकम एक्लै भागभण्डा लगाउँदैन माथिलो निकाय सम्म पु¥याउँने गरेका छन ।

माथिलो निकाय सम्म रकम बुझाएन भने, तस्करीको लाईन कुनैपनि हालतमा संचालन हुन सक्दैन, श्रोतले भन्यो, एसपीका छुट्टै घुमुवाहरु परिचालन छन, उनीहरुलाई जानकारी भईनै हाल्छ त्यसैले माथिलो निकाय सम्म तस्करीबाट उठेको रकम भागभण्डा लाग्ने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्