चितवनमा बस खस्याे, एक जना घाइते



काठमाडौं : लमजुङबाट काठमाडौंतर्फ आइरहेको बस चितवनको इच्छाकामना गाउँपालिका–३, फिस्लिङमा दुर्घटना भएकाे छ । दुर्घटनामा १ जना घाइते भएका छन् भने ४ को सकुशल उद्धार गर्न प्रहरी सफल भएको छ ।

 

जिल्ला प्रहरी कार्यालय, चितवनले दिएको जानकारी अनुसार ना ५ख ३७०५नम्बरको यात्रुबाहक बस गएराति १२ बजे त्रिशूली नदीमा खसेको हो ।

प्रतिक्रिया दिनुहोस्