भन्सार छलेर ल्याइएको सामान बरामद



रौतहट : सशस्त्र प्रहरीले रौतहटको विभिन्न ठाउँबाट सालको काठ अवैध रुपले लैजाँदै गर्दा पक्राउ गरेको छ । त्यस क्रमा सशस्त्र प्रहरीले भन्सार छलिका लाखौं मूल्य बराबरका अन्य मालसमानसमेत बरामद गरेको छ ।

स्थानीय राजदेवी नगरपालिकाबाट भन्सार छलेर नेपाल भित्र्याइरहेको अवस्थामा ८९ हजार मूल्य बराबरको किराना सामान तथा स्टिलका भाडावर्तनसहित ओसारपोसारमा संलग्न ना २६ प १५३९ नम्बरको मोटरसाइकल बरामद गरी गौर भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी बल नेपाल गण नंं. ११ रौतहटले जनाएको छ ।

यसैगरी राजदेवी नपा ९ स्थित दशगजाबाट कस्मेटिक समान, लताकपडा र सोफी मदिरा, तयारी फर्निचरसहित तीनलाख ५६ हजार मूल्य बराबरको मालसमानसहित ओसारपोसारमा संलग्न टयाक्टर पक्राउ गरी गौर भन्सारमा बुझाइएको गणपति तथा सशस्त्र प्रहरी उपरीक्षक कृष्ण ढकालले बताए ।

 यस्तै, जिल्लाको वृन्दावन नपा ५ हर्षाहाबाट अवैध रुपमा चिरानको लागि ना १ त ६९९१ नम्बरको टयाक्टरमा ल्याउँदै गरेको करिब ८० हजार मूल्यबराबको सालको गोलिया २० क्युविक फिट बरामद गरिएको र त्यसलाई डिभिजन वन कार्यालय चन्द्रनिगाहपुरमा बुमmाइएको उनले जनाए । 

दुई दिनभित्र सशस्त्र प्रहरीले अवैध सामान एकलाख ६२हजार रुपैयाँ, अवैध सालको काठ ८० हजार तथा ट्याक्टर दुईवटा १७ लाख रुपैयाँ मूल्य बराबरको तथा मोटरसाइकल दुईवटा दुईलाख ७०हजार गरी जम्मा २२ लाख १२ हजार मूल्य बराबरको सामान बरामद गरेको सशस्त्र प्रहरी उपरीक्षक ढकालले जानकारी दिए ।

सशस्त्र प्रहरी बल नेपालको सक्रियताले जिल्लामा हुने गरेका अवैध चोरी निकासी तथा भन्सार छलेर आउने सामानहरु बरामद गर्ने कार्यलाई तीव्र बनाएको उनले बताए ।

 

प्रतिक्रिया दिनुहोस्