सलमान खानले ‘नच बलिये–९’ बनाउने



एजेन्सी : टेलिभिजनमा अहिले सिरियलहरुभन्दा पनि रियालिटी शोहरु धेरै आइरहेका छन् । यसको मुख्य कारण भनेको अहिलेका दर्शकहरुले रियालिटी शोलाई धेरै मनपराउँछन् । सानो पर्दामा ‘नच बलिये’ डान्स रियालिटी शोले निकै धमाका गरेको थियो ।

यस डान्स शोमा सेलिब्रिटी जोडीले आफ्नो नृत्यको जादु देखाउँछन् । यो शो अब आफ्नो नयाँ सिजनसहित आउने तयारीमा रहेको छ । जानकारीका अनुसार नच बलिये–९ सुरु गर्नका लागि तयारी सुरु भइरहेको छ । यसबारे च्यानलले प्रोडक्सन हाउससँग पनि कुरा चलिरहेको छ । यद्यपि, अहिलेसम्म कुनै पनि सेलिब्रिटी जोडीलाई सम्पर्क गरिएको छैन ।

यसपटक ‘नच बलिये–९’लाई सलमान खान र कैटरिना निर्णयकर्ताको भूमिकामा देखिनेछन । यस शोलाई यसपटक सलमानको प्रोडक्सन हाउसले निर्माण गर्ने भएको छ ।

सलमानको कम्पनीले नै यसपटक कपिल शर्माको शोलाई निर्माण गरिरहेको छ । नच बलियेको नवौं संस्करण आउँदो मे महिनाबाट सञ्चालन हुनसक्छ । जुन महिनामा सलमानको फिल्म ‘भारत’ रिलिज हुने भएको छ । यस फिल्ममा कैटरिना मुख्य भूमिकामा छिन् ।  

प्रतिक्रिया दिनुहोस्