राष्ट्रपतिबाट तीन विधेयक प्रमाणीकरण 



काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्का दुवै सदनको बैठकबाट पारित तीन वटा विधेयक प्रमाणीकरण गरेकी छन् ।

नेपालको संविधानको धारा ११३ को उपधारा (२०) बमोजिम राष्ट्रपतिले ती विधेयक प्रमाणीकरण गरेकी हुन् ।

राष्ट्रपतिबाट शुक्रबार राष्ट्रिय चिकित्सा शिक्षा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५, संकटापन्न वन्यजन्तु तथा वनस्पतिको अन्तर्राष्ट्रिय व्यापार नियन्त्रण ऐन, २०७३ लाई संशोधन गर्न बनेको विधेयक, २०७५ र कर्मचारी समायोजन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५ प्रमाणीकरण भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्