शिक्षक साहविरुद्ध भ्रष्टाचार मुद्दा 



काठमाडौं :  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नुवाकोट जिल्ला विदुर नगरपालिकास्थित अजिंगरे माध्यमिक विद्यालयका शिक्षक रामनारायण साहविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

माध्यमिक शिक्षक राहत दरबन्दीमा सेवा प्रवेश गर्ने क्रममा साहले बुझाएको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली पाइएपछि अख्तियारले शुक्रबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

साहले बुझाएको भारतको बिहार स्कुल इक्जामिनेसन बोर्ड पटनाबाट आइएसी उत्तीर्णको शैक्षिक प्रमाणपत्र अनुसन्धानका क्रममा नक्कली  पाइएकोले भ्र्रष्टाचार निवारण ऐनअन्तर्गत मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता रामेश्वर दंगालले जनाए । 

 

प्रतिक्रिया दिनुहोस्