डिपिएलको उपाधिका लागि अत्तरिया र महेन्द्रनगर भिड्ने



काठमाडौं : धनगढी प्रिमियर लिग (डिपिएल) को उपाधिका लागि सिवाइसी अत्तरिया र महेन्द्रनगर युनाइटेड भिड्ने भएका छन्। आज हुने भनिएको काठमाडौं गोल्डेन्स र महेन्द्रनगर युनाइटेडको दोस्रो क्वालिफायर्स खेल काठमाडौंले बहिस्कार गरेपछि महेन्द्रनगर सिधै फाइनलमा पुगेको हो।

भारतीय खेलाडी अकिंत दवासमाथि बलिङमा प्रतिबन्ध लगाएको भन्दै काठमाडौंले खेल बहिस्कार गरेको हो। यसअघिका दुई खेलमा दवासले अनाधिकृत एक्सनमा बलिङ गरेको भन्दै प्राविधक टोलीले  दवासलाई बलिङ गर्न प्रतिबन्ध गरेको थियो।

डिपिएलका म्याच रेफ्री महोमद सफिक (समिर खान) ले काठमाडौंले खेल बहिस्कार गरेको र काठमाडौंको टिम निर्धारित समयभित्र नआएपछि महेन्द्रनगरलाई विजेता घोषित गरेको जानकारी गराएका थिए।

डिपिएलको प्राविधिक कमिटिका अध्यक्ष बुद्धिबहादुर प्रधानले काठमाडौंलाई खेलाडीको एक्सनबारे पटक पटक जानकारी गराएको भएपनि टिमले अंकितलाई सचेत नगरेको बताए। तर, काठमाडौंका टिम व्यवस्थापक संजय श्रेष्ठले आयोजकले टिमसँग छलफल दवासलाई प्रतिबन्ध लगाएको बताएका छन्। 

यता, पहिलो क्वालिफायरमा काठमाडौं गोल्डेन्सलाई ४१ रनले पराजित गर्दै अत्तरीयाले उपाधि भिडन्तमा आफ्नो स्थान सुरक्षित गरेको थियो। फाइनल खेल शनिबार हुनेछ। आज भएको प्रि म्याच कन्फरेन्समा बोल्दै दुवै टोलीका कप्तानले उपाधि जित्ने दाबी गरे। अत्तरियाको कप्तान दिपेन्द्रसिंह ऐरी र महेन्द्रनगरको कप्तान शरद भेषावकर हुन्।

प्रतिक्रिया दिनुहोस्