पारो एफसीसँग पराजित हुँदै थ्री स्टार उपविजेतामा सीमित



काठमाडौं : रुस्लान थ्री स्टार क्लब भुटानको फुुुनसोलिङमा सम्पन्न जिङ्मे दोर्जे वाङ्चुक मेमोरियल गोल्डकपको उपविजेतामा सीमित भएको छ।  शुक्रबार भएको उपाधि भिडन्तमा नेपाली यु–१९ टिमका कप्तान अर्पण कार्की सम्मिलित भुटानको पारो एफसीसँग १–० ले पराजित हुँदै थ्री स्टारले उपविजेतामा चित्त बुझायो।  

पारोलाई उपाधि दिलाउन कप्तान चेन्चोले कर्नर बलमा हेडिङमार्फत निर्णायक गोल गरे। ७२ मिनेटसम्म बराबरी खेलेको थ्री स्टारले ७३ औं मिनेटमा गोल खाएको थियो। खेलअवधिभर गोल गर्ने केही सुन्दर मौका पाएपनि थ्री स्टारले गोल गर्न सकेन र जारी सिजनको पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिताको उपाधि जित्नबाट बञ्चित भयो।

थ्री स्टारका पटक पटकका प्रहारलाई नेपाली यू–१९ टोलीका गोलरक्षक पनि रहेका कार्कीले विफल पारिदिएका थिए। यसअघि उनको कप्तानीमा नेपालले भुटानमा यू–१८ साफ च्याम्पियनसिप जितेको थियो। पारो एफसीले सेमिफाइनलमा पनि नेपालकै क्लब त्रिभुवन आर्मीलाई पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेको थियो। यता, थ्री स्टारले ब्रदर्श युनाइटेडलाई ३–२ ले पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो।

प्रतिक्रिया दिनुहोस्