पर्यटन प्रवर्द्धनका लागि प्याराग्लाईडिङ



जनकपुर : मधेसी र पहाडी समुदायबीच सुमधुर सद्भाव कायम राख्दै आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धन गर्न पत्रकारहरूको एक समूह लागिपरेका छन् । यसका लागि उनीहरूले विभिन्न पर्यटकीय गतिविधि सञ्चालन गरिरहेका छन् । 

यसै कार्यक्रमअन्तर्गत सिन्धुली जिल्लाको रानिचुरी डाँडाबाट प्याराग्लाईडिङ उडान पक्षिण गरिएको छ । प्याराग्लाईडिगंको परीक्षण पूर्णरुपले सफल भएको अभियन्ताले बताएका छन् ।  

केहिसमयअघि यिनै अभियन्ताको पहलमा एक सय जनाभन्दा बढीले काठमाण्डौ देखी सिन्धुली हुँदै जनकपुरसम्म साइकल यात्रा गेिका थिए । ऐतिहासिक सिन्धुलीगढीको पर्यटन प्रवर्द्धन र मिथिला संस्कृतिको प्रचारका लागि साइकल यात्रा गरिएको आयोजकले जनाएको थियो । 

यो समूहले तीन वर्ष अघिदेखि सिन्धुलीलाई पर्यटनको गन्तव्यको रूपमा विकास गर्न समृद्ध सिन्धुली अभियान चलाइरहेका छन् । सिन्धुलीमा हुने पर्यटन गतिविधिले मिथिला संस्कृतिको प्रचारप्रसारमा महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास समूहको छ ।

प्रतिक्रिया दिनुहोस्