५० प्रतिशत छूटमा नोबेल अस्पतालले पत्रकारको उपचार गर्ने



इटहरीः नोबेल अस्पताल विराटनगरले सुनसरीका पत्रकारहरुको ५० प्रतिशत छूटमा उपचार गर्ने भएको छ ।

नेपाल प्रेस युनियन सुनसरीको पहलमा अस्पतालले ५० प्रतिशत छूटमा उपचार गर्ने भएको हो । प्रेस युनियन सुनसरीका सभापति पवन अधिकारीका अनुसार जिल्लाका जुनसुकै मिडिया हाउसमा कार्यरत पत्रकारले छुटमा उपचार गर्न पाउने भएका छन् ।

‘जुनसुकै रोगको उपचार गराउनका लागि ५० प्रतिशत छूट गर्ने सम्झौता भएको छ,’ अधिकारीले भने, ‘उपचार गराउन जानका लागि प्रेस युनियन सुनसरीको सिफारिस चाहिन्छ, त्यसको लागि समन्वय गर्न अपिल गर्दछु ।’

उपचारसम्वन्धि सम्झौतापत्रमा नोबेल अस्पतालका प्रबन्ध निर्देशक सुनिल शर्मा, प्रशासकीय अधिकृत दिपेश राईले हस्ताक्षर गरेका छन् भने प्रेस युनियनको तर्फबाट अध्यक्ष अधिकारी र सचिव निशान प्रकृति थारुले हस्ताक्षर गरेका छन् ।

सम्झौतापछि नोबेलका प्रबन्ध निर्देशक शर्माले व्यवसायिक रुपमा सहयोग गरौं भनेर उक्त सम्झौता गरिएको बताए । प्रेस युनियन सुनसरीले व्यवस्थित रुपले पत्रकारलाई समेटेर लैजानुपर्ने बताए ।

बुधवारबाट लागु हुने गरी एक वर्षका लागि उक्त सम्झौता भएको र एक वर्षपछि नविकरण हुने बताईएको छ । प्रेस युनियनले शुरुमा पत्रकारहरुको नामवली पठाउने र पछि उपचार गर्ने बेलामा सिफारिस पठाउने बताएको छ ।

प्रतिक्रिया दिनुहोस्