जन्तीमा सशस्त्र प्रहरीको स्कर्टिङ, गाडीमा जन्ती हिँडेका बालबालिका !



कैलाली : जनप्रतिनिधिका गाडी निजी काममा प्रयोग भएको धेरै घटना छन् । दुरुगयोग गरेको आरोपमा कतिपय गाडीहरू सडकमै जलाइएका घटना पनि बाहिर आइरहेका छन् । 

आज पनि सरकारी गाडीको चरम दुरुपयोग देखियो सुदूरपश्चिम प्रदेशको राजधानी धनगढीमा । सशस्त्र प्रहरीको गाडी आफन्तको विवाहमा सुरक्षा दिन प्रयोग भइरहेको थियो ।  

ना१झ १४९७ नम्बरको स्कारपियो पिक अप गाडी धनगढीको मुख्य बजार चौराहा देखी करिब एक किलोमिटर दुरीमा रहेको ओम प्यालेस जन्तीसँगै पुग्यो । उक्त गाडीको अगाडी सिटमा जन्ती हिँडेका बालबालिका बसेका थिए भन पछाडि सिटमा हातहतियारसहितका सशस्त्र प्रहरी । 

प्रहरीको गाडीले जन्तीलाई स्कर्टिङ गरेको देखे सञ्चारकर्मीले तस्बिर र दृश्य लिन थाले । सञ्चारकर्मीको नजरमा परेको थाहा पाएपछि चालकले हतार हतार गाडी होटेलमा छिराए ।

द नेपालटपले गाडीबारे बुझ्न सशस्त्र प्रहरी बल केन्द्रीय कार्यालय काठमाडौंमा सम्पर्क गरेको थियो । विवाहमा प्रयोग गरिएको सो गाडी सशस्त्र प्रहरी डोटी गणको रहेको र गणका एसपी प्रदीप कुमार पालले प्रयोग गर्ने गरेको जानकारी दिइएको छ । 

यता डोटी गणका एसपी प्रदीप कुमार पालले गाडीमा आफू सवार नरहेको बताएका छन् । उनले गाडी मर्मतको लागी धनगढी ल्याएको र विवाहको बिचमा जाममा परेको हुन सक्ने जानकारी दिए । 

एसपी पालले आफू गाडीमा सवार नरहेको बताएपनि उनी सोही विवाहमा थिए । स्रोतका अनुसार सशस्त्र प्रहरीको गाडी प्रयोग गरिएको विवाह एसपी पालका आफन्तको थियो । 

 

प्रतिक्रिया दिनुहोस्