कोशी अस्पतालबाट थप २८ जना कोरोना संक्रमित डिस्चार्ज हुँदै



विराटनगर : विराटनगरको कोशी अस्पतालबाट थप २८ जना कोरोना संक्रमित बिहीबार डिस्चार्ज हुने भएका छन् ।

विराटनगरको कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा उपचाररत २८ जना संक्रमितको रिपोर्ट नेगेटिभ आएपछि उनीहरु आज डिस्चार्ज हुन लागेका हुन् ।

जिल्ला स्वास्थ्य कार्यालय मोरङका प्रमुख ज्ञानबहादुर बस्नेतका अनुसार उदयपुरका ४, झापाका ७, मोरङका ६, सुनसरीका ४, सप्तरीका २ धनकुटाका ४ र खोटाङका एक गरी जम्मा २८ जना डिस्चार्ज हुँदैछन् । उनीहरु मध्ये ६ जना महिला र २२ जना पुरुष छन् ।

कोरोनामुक्त भएकाहरुलाई बिहीबार दिउँसो डिस्चार्ज गर्ने प्रदेश १ सकारले तयारी गरेको छ । योसँगै प्रदेश १ मा कोरोना मुक्त हुनेको संख्या ७६ पुगेको छ ।

प्रदेश १ मा कोरोना संक्रमितको संख्या १८५ छ ।

प्रतिक्रिया दिनुहोस्