अनलाइन प्रविधिले मालपोतमा झन सास्ती



कैलाली : जिल्ला मालपोत कार्यालय कैलालीमा तामझामका साथ सुरु गरिएको अनलाइन प्रविधिले काम ढिलो हुने समस्या देखिएको छ। मालपोत कार्यालयमा दिनहुँ जसो जग्गा नामसारी, मालपोत बुझाउन आउने सेवाग्राहीको भिड निकै हुने गर्दछ।

सेवा सुविधालाई सहज र सरल बनाउने उदेश्यले सुरु गरिएको प्रविधि  कर्मचारीको ढिलाईले गर्दा सेवाग्राहीको टाउको दुख्ने विषय बनेको छ। मालपोत कार्यालय कैलालीले यही फागुन ५ गते देखी अनलाइनबाट काम सुरु गरेको थियो। 

प्रतिक्रिया दिनुहोस्