इंग्ल्यान्डविरुद्धको टेष्ट सिरिजका लागि वेष्ट इण्डिज टोलीको घोषणा



एजेन्सी : वेष्ट इण्डिजले इंग्ल्यान्डविरुद्धको टेष्ट सिरिजका लागि टिमको घोषणा गरेको छ । वेष्ट इण्डिजले जासन होल्डरको कप्तानीमा १४ सदस्सीय इंग्ल्यान्ड भ्रमण गर्ने टोलीको घोषणा गरेको हो ।

वेष्ट इण्डिजले इंग्ल्यान्डसँग जुलाई तीन खेलको टेष्ट सिरिज खेल्नेछ । बन्द रंगशालामा हुने खेल अघि सम्पूर्ण खेलाडीको कोरोना परिक्षण हुनेछ ।

टोलीमा कप्तान जासनसहित शाइ होप, अल्जारी जोसेप, जेर्मीने ब्लाकवुड, एनकुर्माह बोनेर, क्रेइग ब्रेथवेट, शम्राह ब्रोक्स, जोन क्याम्पबेल, रोस्टन चेस, राहकिम कोर्नवाल, शान डोरिच, चेमार होल्डर, रेमोन रिफर र केमार रोच रहेका छन् ।

दुई टोलीबीचको पहिलो टेष्ट जुलाई ८ मा साउथह्याम्पटनको द बल मैदानमा सुरु हुनेछ । यस्तो ओल्ड ट्राफोर्डमा हुने दोस्रो टेष्ट जुलाई १६ र तेस्रो खेल जुलाई २४ मा सुरु हुनेछ ।

Source: Cricket West Indies
प्रतिक्रिया दिनुहोस्