मलेसियाको जेलमा छन् दुई सय नेपाली, कसरी पुगे उनीहरु जेल ?



काठमाडौं: रोजगारीका लागि मलेसिया गएका केही नेपाली अबैद्य बसाइ र व्यवहारजन्य समस्याका कारण जेल पुग्ने गरेको पाइएको छ। क्वालालम्पुरस्थित नेपाली दूतावासले विभिन्न जेल पुगी संकलन गरेको पछिल्लो तथ्यांकअनुसार मलेसियाका जेलमा दई सय ६ नेपाली छन्। 

तीमध्ये धेरैजसो अवैद्य रुपमा बसेका र व्यवहारजन्य समस्याका कारण जेल पुगेका हुन्। दूतावासका प्रथम सचिव प्रेमराज गौतमका अनुसार मलेसिया आएपछि आफ्नो भिसा लागेको कम्पनी छाडेर अन्यत्र जाने, अवैद्य बसाइ, व्यवहारजन्य समस्यालगायत कारण नेपाली जेल पर्ने गरेका नागरिकमा खवर छ । 

कतिपय चाहीँ चोरी, लागूऔषध कारोबार, अपहरण, जुवातासजस्ता गम्भीर मुद्दामा जेल परेका छन्।

प्रतिक्रिया दिनुहोस्