सिक्टा सिँचाइ अायाेजनाकाे प्रतिवेदन : कर्मचारी र ठेकेदारलाई उन्मुक्ति



काठमाडौँ : सिक्टा सिँचाइ आयोजनाको मूल नहर निर्माणमा गम्भीर लापरवाही भएको यथार्थ जान्दा जान्दै उच्च सरकारी अधिकारी र ठेकेदारलाई ढाकछोप गर्ने गरी प्रतिवदेन तयार पारिएको आजको नागरिक दैनिकमा खबर छ ।

 

मूल नहर निर्माण भएको क्षेत्रमा घुलनशील माटो भएको थाहा पाएर पनि तत्कालीन सिँचाइ मन्त्रालयका उच्च अधिकारीहरुले आयोजनाको ठेक्का लगाउने काम गनेका थिए । 

 

यस्तै नहर निर्माणको ठेक्का लिएको कालिका कन्स्ट्रक्सन कम्पनीको काम पनि गुणस्तरयुक्त देखिएको छैन । उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले गठन गरेको छानबिन समिति यी दुवै पक्षबारे जानकारी भए पनि सबैलाई बचाउने गरी प्रतिवेदन तयार पारिएको हो ।

 

मन्त्रालयले गत साउन २३ मा सहसचिव सुशीलचन्द्र तिवारीको संयोजकत्वमा विज्ञसहितको पाँच सदस्यीय टोली गठन गरेको थियो ।

 

टोलीले गत शुक्रबार मन्त्री वर्षमान पुनलाई बुझाएको प्रतिवेदन आइतबार सार्वजनिक गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्