चार सय किमी आकाशमा नेपाली स्याटलाइट राखिँदै



काठमाडौं: सन् १९५७ मा सोभियत संघले पहिलोपटक स्याटलाइट सफलतापूर्वक अन्तरिक्षमा प्रक्षेपण गरेको थियो। त्यसको ६ दशकपछि नेपालले आफ्नो पहिलो नानो स्याटलाईट अन्तरिक्षमा पठाउँदैछ। जापानमा अध्ययनरत नेपाली वैज्ञानिक आभास मास्के र हरिराम श्रेष्ठले बनाएको ‘नेपाली स्याटलाईट–१’ लाई अमेरिकाको एक निजी अन्तरिक्ष कम्पनीले ४ वैशाखमा प्रक्षेपण गर्दैछ।

यसको निर्माण र प्रक्षेपणमा नेपालले झण्डै दुई करोड रुपैयाँ खर्चेको छ । स्याटलाईटले अन्तरिक्षबाट पठाएको तस्बिरका आधारमा जलवायु परिवर्तन तथा मौसम र विपद्सम्बन्धी पूर्व जानकारी पाइनेछ।

भूउपग्रहले यसरी गर्छ काम 

अन्तरिक्षमा पुगेपछि नानो स्याटलाईटले जलवायु परिवर्तन, दैनिक मौसम र विपद्सम्बन्धी पूर्वजानकारी दिने तस्बिरहरु खिचेर पठाउनेछ। यसबाट प्राप्त तथ्यांक अध्ययनबाट नेपालले थुप्रै उपलव्धी लिन सक्ने नास्टका प्रविधि विभागका प्रमुख डा.रवीन्द्र ढकालले बताए।

यो स्याटलाईट तीन वर्षसम्म अन्तरिक्षमा रहनेछ। अन्तरिक्षणमा छाडिएको स्याटलाईट पृथ्वीभन्दा करिब चार सय किलोमिटर माथि रहने नयाँपत्रिकामा खवर छ । 

प्रतिक्रिया दिनुहोस्