कोरोना भाइरससँग लड्न आर्थिक सहयोगका लागि ‘न्यूड तस्बिर’ बेच्छिन् यी अभिनेत्री



एजेन्सी : कोरोना भाइरससँग लड्न हलिउड अभिनेत्री जेनिफर एनिस्टनले महत्त्वपूर्ण कदम चालेकी छिन् ।

उनले आफ्ना ‘न्यूड तस्बिर’ मार्फत राहत कोषमा रकम जुटाउन लागि परेकी छिन् ।

जेनिफरले आफ्ना फोटोग्राफर साथी मार्कसँग मिलेर आफ्ना पुराना न्युड फोटोहरु बेच्ने फैसला गरेकी हुन् ।
उनले कोरोना भाइरसविरुद्धको लडाईँमा रकम जुटाउनका लागि तस्बिर बिक्रीमा राखेकी हुन् । उनको तस्बिरलाई ६५०० डलरमा किन्न सकिने बताइएको छ ।

उनको उक्त तस्बिर १९९५ मा खिचिएको थियो ।

उनी लामो समयदेखि सामाजिक सञ्जालबाट टाढा थिइन् तर केही महिनाअगाडि मात्रै इन्स्टाग्राममा पहिलो पोस्ट गरेकी थिइन् । र पहिलो पोस्टबाट नै उनले आफ्नो नाम गिनीज बुक अफ विश्व रेकर्डमा आफ्नो नाम सूचिकृत गर्न सफल भइन् ।

उनले पहिलो पोस्ट् गरेको ५ घण्टा १६ मिनेटमा नै उनलाई एक मिलियनले फलो गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्