कोरोनाबाट नेपालमा थप एक जनाको मृत्यु, मृतकको संख्या १० पुग्यो



काठमाडौं : कोरोनाका कारण नेपालमा थप एक जनाको मृत्यु भएको छ। योसँगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या १० पुगेको छ ।

पाल्पाको पूर्वखोला गाँउपालिका १ सिलुवाका ४५ बर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको पुष्टि भएको थियो । उनको पाल्पाको मिसन अस्पतालको आइसोलेसन कक्षमा तीन दिनअघि मृत्यु भएको थियो । उनी भारतबाट नेपाल आएका थिए।

पूर्वखोला–२ जल्पा क्वारेन्टाइनमा रहेका उनलाई स्वास्थ्यमा समस्या भएपछि तानसेनस्थित मिसन अस्पताल लगिएको थियो । मृत्युपछि उनको स्वाब परीक्षणका लागि भैरहवास्थित प्रदेश जनस्वास्थ्य प्रयोगशालामा पठाइएको थियो । प्रयोगशालाका निमित्त प्रमुख डा. राजेन्द्र गिरीले उनको रिपोर्ट पोजेटिभ आएपछि मन्त्रालयमा खबर गरेको बताए ।

कोभिडको आंशका गर्दै उनको शव व्यावस्थापन गरिएको थिएन ।

प्रतिक्रिया दिनुहोस्