थप १२ जना कोरोना संक्रमण मुक्त, कुन प्रदेश कति?



काठमाडौं : आज थप १२ जना कोरोना संक्रमणमुक्त भएका छन्। उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले बताए ।

नारायणी अस्पताल वीरगञ्जबाट ५ जना डिस्चार्ज भएका हुन्। २५ देखि ७० वर्षका पुरुषहरु ९ दिनमा डिस्चार्ज भएका हुन्।

त्यसैगरि, कलैया अस्पताल बारामा ७ जना डिस्चार्ज भएका छन्। २८देखि ४९वर्षका पुरुषहरु १० देखि १७ औं दिनमा निको भएर अस्पतालबाट डिस्चार्ज भएका हुन्। हालसम्म २३४ पुरुष र ५६ महिला गरी २९० जनाले कोरोना संक्रमण जितेका छन्।

कुन प्रदेश कति डिस्चार्ज?
प्रदेश १ मा-४८
प्रदेश २ मा- ११९
बागमती प्रदेशमा- ३२
गण्डकी प्रदेशमा -३

प्रदेश ५ मा- ७९
कर्णाली प्रदेशमा- २
सुदुरपश्चिम प्रदेशमा- ७

प्रतिक्रिया दिनुहोस्