देशभर हालसम्म २ लाख ९ हजार ६ सय ९८ जनामा कोरोना परिक्षण



काठमाडौं : देशभर अहिलेसम्म २ लाख ९ हजार ६ सय ९८ जनामा कोरोना भाइरसको नमुना परीक्षण गरिएको छ। पीसीआरविधिमार्फत ८४ हजार १ सय ३४ जनाको र र्‍यापिट डाइगोनोष्टिक टेष्ट (आरडिटी) मार्फत १ हजार २५ हजार ५ सय ६४ जना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाका अनुसार पछिल्लो २४ घण्टामा ३ हजार ८ सय ६७ जनाको पिसिआरबाट नमूना परीक्षण भएको छ।

हाल विभिन्न २१ स्थानबाट कोरोनाको परीक्षण भइरहेको छ। हाल २ हजार ३ सय ३५ जना अस्पतालको आईसोलेसन र १ लाख ६१ हजार २ सय ६२ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ।

गएको २४ घण्टामा थप ३ सय ३४ जना संक्रमित थपिएसँगै नेपालमा संक्रमितको संख्या २ हजार ६ सय ३४ जना पुगेको छ। जसमध्ये २ सय ९० जना उपचारपछि डिस्चार्ज भएका छन्। मृतकको संख्या १० पुगेको छ।

प्रतिक्रिया दिनुहोस्