वाकयुद्धमा कांग्रेसका नेताहरु, मनमुटाव छताछुल्ल



काठमाडौं: कांग्रेसमा सभापति शेरबहादुर देउवा र कोइराला परिवार नेताहरूबीच वाक्युद्ध चलेको छ। पार्टीको नयाँ विधान र नेपाल विद्यार्थी संघको विषयमा किचलो भइरहेका बेला थप विवाद देखिएको छ।

सभापति देउवाले बुधबार वीरगन्जमा कार्यकर्तालाई सम्बोधन गर्दै कोइराला परिवारप्रति कटाक्ष गरे। त्यसअघि महामन्त्री डा. शशांक कोइराला, केन्द्रीय सदस्यहरू डा. शेखर कोइराला र सुजाता कोइरालाले वीरगन्ज पुगेर देउवाको आलोचना गरेका थिए। यसले नेताहरूबीचको मनमुटाव सतहमा देखिएको छ।

महासमिति बैठक सकिएको दुई महिना बितिसक्दा पनि विधान अनुमोदन भएको छैन। नेताहरूले भने विधान र संघको अन्तिम टुंगो लाग्ने दाबी गरिररहेका छन्। सभापति देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलसहित शीर्ष नेताबीच अनौपचारिक कुराकानी चलिरहेको प्रवक्ता विश्वप्रकाश शर्माले बताए । अन्नपूर्णमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्