राष्ट्रभावले ओतप्रोत गीत ‘नेपाली हौं’ (भिडियो)



काठमाडौं : लकडाउनको समयलाई सदुपयोग गर्दै केही कलाकर्मीहरुले छोटा चलचित्र, सिरिज, गीत तथा भिडियोहरु बनाइरहेका छन् । त्यस्तै लक्पा शेर्पा, मनोज राज सिवाकोटी, अनिश श्रेष्ठ, सदज लिम्बु, राजु दंगाल, जुनु गौतम, योजना पुरी, सरीता प्रजापति, सिर्जना कार्की, पूजा सुनुवार, प्राश्ना पाण्डे लगायतका गायक गायिकाहरुको स्वरमा नयाँ गीत ‘नेपाली हौं’ सार्वजनिक भएको छ ।

राष्ट्रभावले ओतप्रोत रहेको यस गीतमा डा. राजु बाबु श्रेष्ठको शब्द र अनिश श्रेष्ठको संगीत तथा गुरुङ कुमारको संगीत संयोजन रहेको छ । सिनेकला डटकमको निर्माणमा बनेको यस गीतको भिडियोलाई रामेश्वर जिरेलले सम्पादन गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्