डीपीएल उपाधिका लागि अत्तरिया र महेन्द्रनगर भिड्दै



कैलाली: तेस्रो संस्करणको धनगढी प्रिमियर लिग क्रिकेट डीपीएलको उपाधिका लागि आज सिवाईसी अत्तरिया र महेन्द्रनगर युनाईटेड प्रतिस्पर्धा गर्दैछन् । दीपेन्द्रसिंह ऐरी नेतृत्वको अत्तरियाले पहिलो क्वालिफायरमा काठमाण्डौ गोल्डेन्सलाई हराएर फाईनलमा स्थान बनाएको थियो ।

आफ्ना खेलाडीमाथी आयोजकले कारबाहि गरेको बिरोधमा काठमाडौं गोल्डेन्स्ले दोस्रो क्वालिफायर खेल्न अस्वीकार गरेपछि रिफ्युज टू प्लेका आधारमा महेन्द्रनगर फाईनल पुगेको हो । यी दुईबीच उपाधि भिडन्त धनगढीस्थित प्रस्ताबित फाप्ला अन्तराष्ट्रिय क्रिकेट मैदानमा दिउसो साढे १२ बजे सुरु हुनेछ ।

तेस्रो संस्करणमा अत्तरिया, काठमाण्डौ, रुपन्देही र महेन्द्रनगर प्लेअफ चरणमा प्रबेश गरेका थिए भने बिराटनगर किंग्स र डिफेण्डिङ च्यम्पियन धनगढी स्टार्स समुहचरणमै रोकिएका थिए । प्रतियोगिताको विजेताले ३० लाख र उपविजेता टोलीले १२ लाख रुपैया हात पार्नेछन् । तेस्रो हुने टोलीले ४ र चौथो हुने टोलीले २ लाख रुपैयाँ जित्नेछन ।  प्रतियोगितामा गोल्डस्टार मोस्ट भ्यालुएबल प्लेयरले सुनको जुत्ता तथा बिधागत उत्कृष्ट खेलाडीलाई पनि नगद पुरस्कार राखिएको आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्