गण्डकी प्रदेशको नीति तथा कार्यक्रम पारित



पोखराः गण्डकी प्रदेश सभाले आर्थिक वर्ष २०७७-७८ को नीति तथा कार्यक्रम पारित गरेको छ ।

प्रदेशसभाको आजको बैठकमा मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले नीति तथा कार्यक्रम पारित गरियोस् भन्दै गरेको प्रस्ताव सभाले बहुमतले पारित गरेको हो ।

प्रदेश प्रमुख अमिक शेरचनले यहि जेठ १८ गते आइतबार पोखरा सभागृहमा बसेको प्रदेश सभा बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।

यस अघि लगातार तीन दिनसम्म सदस्यहरूले प्रस्तावका सम्बन्धमा छलफल भएको थियो । छलफलमा सत्तापक्षीय सदस्यहरूले प्रदेशको समृद्धि र विकासलाई लक्षित गरी नीति तथा कार्यक्रम आएको भन्दै यसको प्रभावकारी कार्यान्वयनमा जोड दिएका थिए ।

बैठकको छलफलका क्रममा प्रतिपक्षी दलका सदस्यले नीति तथा कार्यक्रमले प्रदेशवासीका आवश्यकतालाई राम्रोसँग सम्बोधन गर्न नसकेको टिप्पणी गरे । रासस

प्रतिक्रिया दिनुहोस्