प्रिमियर लिगमा ५ खेलाडी परिवर्तन गर्न पाइने



एजेन्सी : इंग्लिस प्रिमियर लिग फुटबल सुचारुपछि पाँच खेलाडी परिवर्तन (सब्सिच्युड) गर्न पाइने भएको छ । प्रिमियर लिगको बिहिबार बसेको बैठकले कोरोना भाइरसका कारण स्थगित लिग सुचारुपछि पाँच खेलाडी सब्सिच्युड गर्न दिने निर्णय गरेको हो।

कोरोनाले लामो समय मैदान बाहिर रहेका खेलाडीलाई पुनस् मैदान फर्कदा कठिन हुने भएको कारण खेलाडी परिवर्तनको संख्यालाई बढाउने निर्णय गरेको जनाएको छ।
यस्तै लिग सुचारु पछि ७ देखि ९ खेलाडी बेन्चमा राख्न पाईनेछ ।

प्रिमियर लिग जुन १७ बाट सुचारु हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्